images
images

जमुनी अटो सेन्टरले ल्यायो नयाँ ईलेक्ट्रिक स्कुटर 


  • 571
    SHARES
  • २०७९ फाल्गुण २४ गते बुधबार

    जमुनी अटो सेन्टरले ल्यायो नयाँ ईलेक्ट्रिक स्कुटर 

    काठमाण्डौं । जमुनी अटो सेन्टर प्रालिले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। हालै स्थापना भएको जमुनी अटोले बुधबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा मुख्य शो(रुमको औपचारिक शुभारम्भ गरेको हो।

    स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर ईलेक्ट्रिक स्लेन सार्वजनिक गरेको हो।  स्लेन ईलेक्ट्रिक स्क्टुर  ३५०० वाट क्षमता र ७२ भि ५२ एच ब्याट्री पावर रहेको छ । 

    रातो, कालो, खैरो, सेतोसहित पाँचवटा आकर्षक रंगमा उपलब्ध यो  ईलेक्ट्रिक स्क्टुर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको दावी गरिएको छ। यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको जमुनी अटो सेन्टर प्रालिकी अध्यक्ष डा। मनोरमा जैसवालले बताएकी छन्।

    निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधन र चार पाङ्ग्रे सवारीसाधनसमेत आफूहरुले भित्र्याउन लागेको अध्यक्ष जैसवालको भनाई छ। चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटर लोकप्रियता र गुणस्तरका आधारमा चीनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्।

    स्लेन ईलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म चल्ने जमुनी अटो सेन्टरको दावी छ। आज १ हजार रुपैयाँ तिरेर ईलेक्ट्रिक स्क्टुर बुकिङ गरेका ग्राहकहरुले २५ हजार नगद छुट प्राप्त गरेका छन ।

    कम्पनीले स्कुटर बुक गर्ने पहिलो ५० जना ग्राहकमध्येबाट भाग्यशाली एकजनालाई १ लाख रुपैयाँको बम्पर उपहार दिने योजना समेत ल्याएको छ । आजैबाट जमुनी अटो सेन्टरले पोखरा र बाग्लुङमा पनि शो(रूम संचालनमा ल्याएको जनाएको छ।


    images
    images

    Logo