images
images

मन्त्री अमनलाल मोदीका चार योजना 


  • 303
    SHARES
  • २०७९ फाल्गुण २४ गते बुधबार

    मन्त्री अमनलाल मोदीका चार योजना 

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नो कार्यकालमा केकति सुधार आवश्यक छ र तिनलाई सुधार्नका लागि आवश्यक योजना सार्वजनिक गरेका छन् । बुधबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै मोदीले सुधारका चार योजनाबारे बताएका हुन् । 

    कर्मचारीको व्यवस्थित सरुवा गरी सबै क्षेत्रमा समान रुपमा सेवा प्रवाह गराउने उनको मुख्य योजना रहेको छ । प्रमुख प्रशासकिय अधिकृतका भरमा चलिरहेका २०० भन्दा बढी स्थानीय तहमा आफू नियुक्त भएपछि ९० जनालाई सरुवा गरी पठाएको उनले बताए । 

    २०७५ सालदेखि संसदमा विचाराधिन रहेको निजामती सेवा विधेयक पारित गर्न पहल गर्ने उनको योजना रहेको छ । विधेयक पारित भएपछि कर्मचारीको उमेरहद ५८ वर्षबाट ६० पुग्ने र कर्मचारी प्रशासन तहगत प्रणालीमा चल्ने उनको भनाइ छ । दुर्गम क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष सुविधा दिने व्यवस्था विधेयकमा रहेको उनले बताए । 

    निजामती अस्पताललाई सातै प्रदेशमा विस्तार गराइ अस्पतालले दिने सेवासुविधामा पनि सुधार गर्ने उनको योजना रहेको छ । अस्पतालमा राष्ट्रिय कलाकार, राष्टिय खेलाडी, राष्ट्रिय व्यक्तित्व, शिक्षक, सहिद एवं बेपत्ता परिवारका सदस्यको समेत उपचार गराउँदा छुट दिने व्यवस्था गर्न लागेको उनको भनाइ छ । 

    मन्त्रालयको पुनर्संरचना गरी कर्मचारी प्रशासनलाई भ्रष्टाचार मुक्त बनाउने उनको योजना रहेको छ । मोदीले सबैबाट सुझाव लिइ मन्त्रालयलाई चुस्त रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 


    images
    images

    Logo