काठमाडौं । करदाताहरुले समयमै विवरण र कर नबुझाएमा कारवाही गर्ने आन्तरिक राजस्व विभागले सचेत गराएको छ । विभागले एक सुचना जारी गर्दै दर्ता भएका करदाताले प्रत्येक तोकिएको समयमा कर दाखिला गर्ने विभागले सचेत गराएको हो ।
त्यस्तै, विभागले जारी गरेको सुचनामा भनिएको छ ‘ कतिपय करदाताहरुले कारोबार गरि मूल्य अभिबृद्धि कर विवरण दाखिला गरेको, भन्सार तथ्याङक अनुसार आयात निर्यात गरेको एवम यस्ता करदाताको नाममा अग्रिम कर कट्टी भएको लगाएत विभिन्न माद्यमबाट प्राप्त सुचना सो आय बर्षमा कर लाग्ने कारोबार गरेको देखिएको तर हालसम्म विवरण र कर दाखिला गरेको नपाइएकाले आर्थिक बर्ष २०७८/७९ सम्मको विवरण र कर अविम्ल दाखिला गर्ने भनिएको छ ’ ।
त्यस्तै, विवरण र कर दायित्व फरफारक नगर्ने करदार्ताको छानविन र अनुसन्धान गरि कारावाही गर्नेृ विभागले जनाएको छ ।




