images
images

दुबई–काठमाडौं नेपाल एयरलाइन्सको उडानमा सबै क्रु मेम्बर महिला


  • 298
    SHARES
  • २०७९ फाल्गुण २४ गते बुधबार

    दुबई–काठमाडौं नेपाल एयरलाइन्सको उडानमा सबै क्रु मेम्बर महिला

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले पहिलो पटक एक अन्तर्राष्ट्रिय उडानमा सबै क्रु मेम्बर महिला राखेको छ । नेपाल एयरलाइन्सले आजको दुबई–काठमाडौं उडानमा रहेको ए३२० जहाजमा सबै क्रु मेम्बर महिला राखेर इतिहास बनाएको हो ।

    सो बिमान पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाएका थिए । एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेको नेपाल एयरलाइन्सले जनाएको छ ।

    महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । दुई दिन अघिमात्र चालक दलका यहि जोडीले यो जहाज दुबई लगेर इतिहास बनाएका थिए ।

    ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले महिलालाई जिम्मेवार बनाउँदै अवसर दिएको हो ।


    images
    images

    Logo