images
images

‘कालोमोसो दस्ता’ अभियानका संयोजक शम्भु थापा पक्राउ


  • 229
    SHARES
  • २०७९ फाल्गुण २४ गते बुधबार

    ‘कालोमोसो दस्ता’ अभियानका संयोजक शम्भु थापा पक्राउ

    काठमाडौं ।दुर्गा प्रसाईँले सुरु गरेको कालोमोसो दस्ता अभियानका संयोजक शम्भु थापा पक्राउ परेका छन् । बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालो मोसो दल्ने भनेर धम्की दिने कालो मोसो दस्ता’का  थापालाई प्रहरीले मंगलवार चितवनबाट पक्राउ गरेको हो । 

    थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते थापा कालोमोसो दस्ताको केन्द्रीय संयोजक बनेका थिए । 

    संयोजक बनेका थापाले बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालो मोसो दल्ने घोषणा गरेका थिए । थापा विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ ।


    images
    images

    Logo