काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले रिट दर्ता गराएका छन् । उनीहरुले गरेको रिटको पेशी यहि फागुन २५ गते हुने भएको छ ।
१ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदनमा दर्ता नहुने आदेश गरेको थियो । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च गएका हुन्।



