images
images

सडक बत्तीको महसुल भुक्तान गर्न प्राधिकरणको निर्देशन 


  • 295
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    सडक बत्तीको महसुल भुक्तान गर्न प्राधिकरणको निर्देशन 

    काठमाडौं । सडक बत्तीको महसुल भुक्तान गर्न प्राधिकरणले निर्देशन दिएको छ । नेपाल विद्युत प्राधिकरले एक सुचना जारी गर्दै महसुल बक्यौतामा ठुलो हिस्सा सडक बत्तीको रहेको भन्दै बत्तीको महसुल भुक्तान गर्ने निर्देशन दिएको हो । 

    प्राधिरणका अनुसार ने.वि. प्राको सहमति नलिइ आफुखुसी सडक बत्ती जडान नगर्ने समेत निर्देशन दिएको छ । जडित बत्तीको विद्युत खपत गर्न तत्काल मिटर जडान गर्ने प्राधिकरणले आग्रह गरेको छ । 

    सूचनामा भनिएको छ “सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठुलो नोक्सानी व्यहोर्नुपरेको छ । सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई प्राधिकरणले विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला ।” 

    NEA notice.webp

     

     

     


    images
    images

    Logo