images
images

वडाध्यक्ष साहले गरे २ करोड बराबरको जग्गादान


  • 232
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    वडाध्यक्ष साहले गरे २ करोड बराबरको जग्गादान

    सिरहा । सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले २ करोड रुपैयाँ मूल्य बराबरको २ कठ्ठा जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन् । 

    सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले  सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताइन् ।

    ‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु', वडाध्यक्ष साहले भने, 'अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ ।  


    images
    images

    Logo