काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापवाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।