काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले निर्माण गर्ने प्रसारण लाइनका लागि विभिन्न जिल्लामा जग्गा प्रप्ति गर्न सुरु गरेको छ ।
एमसीसलिे धादिङ, पाल्पा र तनहुँमा जग्गामा विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण गर्न आवश्यक पर्ने जग्गा प्रप्ति गर्न सुरु गरेको हो ।
उक्त जग्गाहरुमा सूचना प्रकाशित भएको तीन दिनपछि प्राविधिक सहितको टोलीले यी क्षेत्रमा गएर प्रक्रियालाई अघि बढाउनेछन् । जसमा सो क्षेत्रमा जग्गाको नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्नेलगायतका कामहरु हुने सूचनामा उल्लेख छ ।


