काठमाडौं । नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई ४२ रनले पराजित गरेको छ । २३० रनको मध्यम लक्ष्य पछ्याएको युएई ४५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा समेटिएको हो ।
नेपालले लिग टूमा पहिलो पटक युएईलाई पराजित गरेको हो । युएईलाई पराजित गरेसंगै नेपालले तीन जितहातपार्दै सिरिज जितेको छ ।
युएईलाई जितेसंगै ३२ खेलबाट ३२ अंकसहित नेपाल लिगको पाँचौ स्थानमा उक्लेको छ । नेपालले लिगमा १५ जित हात पार्दा १५ मा पराजय भोगेको थियो । युएईको समान खेलबाट ३१ अंक छ ।
युएईलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामी र दिपेन्द्र सिंह एैरीले तीन(तीन विकेट लिए । त्यसैगरी सन्दिप लामिछानेले, करण केसी र आरिफ सेफले समान एक(एक विकेट लिए ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल बनाएको थियो ।नेपालका लागि भिम सार्कीले ९९ बलमा ७ चौकाको मद्वतमा सर्वाधिक ७० रन बनाए ।
आरिफ सेख ५६ बल खेल्दै २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा अविजित रहे ।कुशल मल्लले ३२ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएउँदै नेपालको इनिङ सम्हालेका थिए । सन्दीप २७ रनमा आउट हुँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ रन, आरिफ शेख ६ रनमा पभेलियन फर्किए । प्रतिश जिसी ११ रनमा अविजित रहे ।
यूएईका जुनाइद सिद्दिकीले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । रोहन मुस्तफा र आर्यन लार्काले समान दुई विकेट लिँदा कात्तिक मियाप्पनले एक विकेट लिए । शिर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपाललाई आजको खेलमा यूएईलाई पराजित गर्नुपर्ने दबाव रहेको थियो ।



