images
images

अमेरिकाको टेक्सासमा बस्ने नेपाली होलीमा रम्दै


  • 1.2K
    SHARES
  • २०७९ फाल्गुण २२ गते सोमबार

    अमेरिकाको टेक्सासमा बस्ने नेपाली होलीमा रम्दै

    काठमाडौं । रंगको पर्व फागुन पुर्णिमा अर्थात होली विदेशमा बस्ने नेपालीले पनि हर्ष उल्लास पुर्वक मनाएका छन् । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा लिइने  होली पर्व अमेरिकाको टेक्सासस्थित डिएफडव्लु फोर्ट वर्थमा बस्ने नेपाली समुदायले भव्य रूपमा मनाएका हुन् ।

    holi1.jpg

    टेक्सासबाट कान्ति नेपालले जनाए अनुसार,२६ परिवारका एक सय १०  नेपाली एकै ठाउँमा भेला भएर होली मनाएका हुन् ।  मध्याह्न १२ बजे भेला भएका नेपालीले एक आपसमा अबिर, रंग दल्नुका साथै मिठामिठा नेपाली परिकार बनाएर छ घण्टासम्म हर्षोल्लासका साथ होली मनाएका थिए । 

    holi 2.jpg

     त्यस क्रममा सहभागी नेपालीले नेपाली गीत सङ्गीतमा नाचगान समेत गरेका थिए । पढाइ र कामको सिलसिलामा विदेशमा बस्नु परेपनि नेपाली धर्म, संस्कृति र परम्परा कायम राख्दै प्रबासमा रहेका नेपाली बीच भातृत्व र आपसी सम्बन्ध बिस्तारमा यस्ता पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने सहभागी समीर आचार्यले बताए । आगामी दिनमा यस्ता पर्व अझ बृहत रूपमा मनाउने लक्ष्य लिइएको उनको भनाई छ ।

    334882143_894287465111242_3028807654160134252_n.jpg


    images
    images

    Logo