images
images

भक्तपुर अस्पतालमा सुरु भयो जनता स्वास्थ्य कार्यक्रम


  • 313
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    भक्तपुर अस्पतालमा सुरु भयो जनता स्वास्थ्य कार्यक्रम

    भक्तपुर । बागमती प्रदेश सरकारले लागू गरेको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम भक्तपुरमा आजबाट लागू भएको छ । वागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले आज भक्तपुर अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम : नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना’ कार्यक्रमको उद्घाटन गरे ।
     
    कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशका विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन बागमती सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको नीति अगाडि सारेको बताए । उनले प्रदेश सरकारअन्तर्गतको भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल भक्तपुरका २ वटा विशिष्टकृष्त सामुदायिक अस्पतालको रुपमा रहेको चर्चा गर्दै बागमती प्रदेशअन्तर्गतका १३ वटा अस्पतालहरुले उत्कृष्टता हासिल गरी अगाडि बढिरहेको बताए । 
     
    मन्त्री श्रेष्ठले डाक्टर र चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुने र आत्मबल बढ्ने भन्दै स्वास्थ्य नीति बनाएर व्यवस्थित ढंगले अगाडि बढ्न सके जस्तोसुकै विपद र महामारीमा सजिलै काम गर्न मद्दत पुग्ने बताए । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सिंगो देशकै लागि गौरवको योजना भएको बताउँदै उनले प्रदेश सरकारले हाल दुई शैय्याको प्यालिएटिभ केयरको सेवा पाँच शय्यामा विस्तार गर्दै आगामी दिनमा प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्दै लाने लक्ष्य रहेको बताए । 
     
    चिकित्सकहरुले आफ्नो बढुवाको निम्ति मात्र विकट जिल्लाहरुमा जाने मानसिकता त्याग्न जरुरी रहेको भन्दै उनले वाग्मती प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर स्वास्थ्यको पहुँचबाट कोही पनि बाहिर रहन नपर्ने व्यबस्था गर्न लागेको बताए ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै नमुना र उत्कृष्ट अस्पताल घोषणाले धेरै गरिब जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको बताए । अस्पतालको भवन ठूलो र भव्य हुँदैमा त्यहाँबाट प्रवाहित सेवा स्तरीय हुने कुरामा विश्वास गर्न नहुने भन्दै उनले अस्पताल व्यवस्थापन समिति, जनशक्ति  व्यवस्थापन र स्वास्थ्य उपकरण उपलब्धता नै अस्पताल विकासको प्रमुख आधार भएको बताए ।

    कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार डीपी ढकालले संघीयताको अनुपम उदाहरण भक्तपुर अस्पताल रहेको बताउदै प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालको स्तरोन्नतीका लागि काम गरिरहेको बताए । 

    कार्यक्रममा भक्तपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतम, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थलगायतले अस्पतालको विगतमा रिफर सेन्टर बने पनि अहिले अस्पतालले आमूल परिवर्तन गरि सेवामासमर्पित रहेको बताए । नेपाल पत्रकार महासंघका सचिव सञ्जिव शुभचिन्तकले अस्पतालले राम्रो गर्दा साथ दिने र नराम्रो गर्दा खबरदारी गर्ने काम पत्रकारबाट हुने बताए ।


    images
    images

    Logo