भिडियो कन्फरेन्सिङ प्लेटफर्म जुमले प्रमुख कार्यकारी अध्यक्ष ग्रेग टम्बलाई बर्खास्त गरेको छ । नियामक फाइलमा टम्बसँगको सम्झौता ‘विनाकारण’ सकिएको भन्ने बताउँदै कम्पनीले उनलाई बर्खास्त गरेको हो ।
जुमका प्रवक्ताले बताए अनुसार टम्बलाई प्रतिस्थापन गर्न भने खोजिएको होइन । तर टम्बलाई बर्खास्त गर्नु पछाडिको कारण भने कम्पनीले सार्वजनिक गरेको छैन ।
२०११ मा एरिक युआनले सुरु गरेका जुम कोरोनाको महामारीमा लोकप्रिय बन्यो । कारोनाको महामारीले गर्दा भएकोे बन्दाबन्दीमा मानिसहरु घरमै थुनिएर बस्नुपर्ने बाध्यता भएका कारण जुम भिडियो कन्फरेन्सिङका लागि एक सहज माध्यम बनेको थियो । कम्पनीका अनुसार विवाह र शोकसभाका लागि समेत जुमको प्रयोग हुनेगरेको थियो । अप्रिल २०२० सम्म कम्पनीले दैनिक ३०० मिलियन भन्दा बढी सहभागीहरु जुम कलहरुमा रहने कम्पनीले बताएको थियो ।
टम्को नियुक्तिको समयमा युआनले,‘ ग्रेग टेक्नोलोजी उद्योगका एक सम्मानित नेता हुन् । उनमा महत्वपूर्ण मोडमा कम्पनीहरुलाई मापन गर्न मद्दत पुग्ने गहिरो अनुभव छ’ भन्दै टम्बलाई नेतृत्व टोलीमा थप्न पाएकोमा आफू उत्साहित भएको बारे बताएका थिए । विश्वभरिका व्यवसायहरुले उनीहरुको सञ्चार आवश्यकताहरु सम्बोधन गर्ने क्रममा ‘वृद्धि गर्न’ मद्दत गर्न पाउँदा उत्साहित रहेको बताएका थिए ।
जुन २०२२ मा अध्यक्षको भूमिका सम्हालेका टम्बले ‘अर्निङ कल’ र कम्पनीको बिक्रीको निरीक्षणमा सक्रिय भूमिका निभाएका थिए । टम्ब अगस्ट २०१९ मा कम्पनीको प्रमुख राजस्व अधिकारीको रुपमा जुममा सामेल भएका थिए । त्यसको ८ महिना नबित्दै उनी अध्यक्षको भूमिकामा बढुवा भए । जुममा सामेल हुनु अघि उनी गुगलमा कार्यरत थिए ।
महामारीको उछाल कायम राख्न संघर्ष गरिरहेको उक्त कम्पनी अन्य प्राविधिक क्षेत्रहरु जस्तै कर्मचारी घटाउन बाध्य छ । महामारीको समयमा कर्मचारी तीन गुणाले बढाएको जुमले घट्दो मागलाई हेरेर फेब्रुअरीमा १५ प्रतिशत (१३०० जना) कर्मचारी कटौती गरेको थियो ।



