काठमाडौं । बागमती प्रदेशका यातायात कार्यालयको सर्भरमा समस्या आएको छ । आइतवार बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै सो जानकारी लिएको हो ।
कार्यालयको सर्भरमा समस्या आएसँगै लाइसेन्सको काम पनि बन्द भएको छ । अब कार्यालयले अर्को सूचना नआएसम्मका लागि लाइसेन्स दिने कार्य बन्द भएको जनाएको छ । तर यो अवधिमा स्मार्ट कार्ड वितरण भने जारी रहने सूचनामा उल्लेख छ।
साथै, आइतबार लागि बायोमेट्रिक्स दर्ता परेका सेवाग्राहीहरुले बिहीबार बिहानबाट पुनः बायोमेट्रिक्स दर्ता गराउन कार्यालयले अनुरोध गरेको छ ।