काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएको छ । शनिवार बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।
प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । त्यसको औपचारिक निर्णय भने सुदूरपश्चिम संसदीय दलको बैठकले गर्ने छ ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।