images
images

खाली हुने सबै क्षेत्रमा एकैपटक उपनिर्वाचन 


  • 238
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    खाली हुने सबै क्षेत्रमा एकैपटक उपनिर्वाचन 

    काठमाडौँ । चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचिनपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको हो ।

     फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ। रिक्त सबै स्थानमा एकै पटक उपनिर्वाचन गर्ने आयोगले जनाएको छ । यसअघि आयोगले चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने जनाएको थियो । 

    रिक्त हुने तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ ।राष्ट्रपतिमा कांग्रेसकाबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्  । पौडेल  तनहुँ १ र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    राष्ट्रपति निर्वाचनपछि यी दुईमध्ये एक क्षेत्र खाली हुनेछ।  उपराष्ट्रपतिको उम्मेदवारको टुंगो भने लागेको छैन।


    images
    images

    Logo