काठमाडौं । फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको हो ।
दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा सिंगे परिवार परेको थियो । परिवारसहित चढेको डुंगा पल्टिदा ७० वर्षीय याममाया गिरीको मृत्यु भएको हो ।
शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार डुंगा तालमा पल्टिएको थियो । अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।