काठमाडौं । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । काठमाडौंको शंखमूलस्थित बबिन्स क्याफेको रूफटप छैठौं तलाबाट खसेर उनको निधन भएको हो ।
उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।उनी दिउँसो सवा २ बजे खसेका थिए। उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।
त्यहाँ उपचारको क्रममा उनको साढे ५ बजे मृत घोषणा गरिएको हो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ हुन्।