images
images

लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना पक्राउ 


  • 253
    SHARES
  • २०७९ फाल्गुण २० गते शनिबार

    लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना पक्राउ 

    काठमाडौं । काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार‍ राति प्रहरीले नियन्त्रणमा लिएको छ । 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ११ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो  ।

    यसरी पक्राउ पर्नेमा २६ वर्षीय ईश्वर श्रेष्ठ, २६ वर्षका नारायण परियार, ३२ वर्षीय विकास मिजार, २९ वर्षीय नरेश गुरुङ, ३८ वर्षीय राम प्रसाद आचार्य, २६ वर्षीय नविन बिक, २३ वर्षीय नजाम हुसेन, ४० वर्षीय श्याम कुमार तिरुवा, ४० वर्षीय बाराका जयराम साह तेली, ३४ वर्षीय बिक्रम दमाई र २५ वर्षीय अशोक घिमिरेलाई नियन्त्रणमा प्रहरीले लिएको हो । 

    लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका ११ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी प्रभाग बलम्बु पठाइएको छ । 

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तीव्रताका साथ अगाडी बढाइएको छ । 


    images
    images

    Logo