काठमाडौं । राजधानीको एक अस्पतालले ३० किलोको ट्युमरको सफल शल्यक्रिया गरेको छ । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोभन्दा बढीको ट्युमरको सफल शल्यक्रिया गरेको हो ।
अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुर बस्ने रीता शेर्पाको ट्युमरको सफल शल्यक्रिया गरेको जनाएको छ । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको बताए ।
अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिक रूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको बताए ।