images
images

यस्तो छ आजको मौसम, यी प्रदेशमा हल्का वर्षाको सम्भावना


  • 347
    SHARES
  • २०७९ फाल्गुण २० गते शनिबार

    यस्तो छ आजको मौसम, यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको  छ । 

    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  

    साथै देशका उच्च  पहाडी तथा हिमाली भू–भागका थोरै स्थान भने हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाँउमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

     


    images
    images

    Logo