images
images

पपुवा न्यूगिनीविरुद्ध नेपालको सनसनीपूर्ण जीत


  • 250
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    पपुवा न्यूगिनीविरुद्ध नेपालको सनसनीपूर्ण जीत

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्न सफल भएको हो ।

    टस जितेर सुरुमा व्याटिङ रोजेको पीएनजीले सुरुदेखि नै उत्कृष्ठ प्रदर्शन गर्न नसके पनि कुनै क्षतिबिना खेलेको थियो । १० औं ओमरमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए । 

    आजको खेलमा दिपेन्द्रसिंह ऐरीले ३ सोमपाल कामी, सन्दिप लामिछाने र कुशल मल्लले २÷२ तथा करण केसीले १÷१ विकेट लिएका थिए ।  

    पीनएनजीका लागि के डोरिगाले सर्वाधिक २६ रनको योगदान बनाउनुबाहेक उल्लेख्य योगदान गर्न सकेनन् । 

    १८० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले सुरुमा खराव प्रदर्शन गरेको थियो । तर आठौं विकेटमा आएका सन्दीप लामिछाने र आरिफ सेखको जोडी जमेपछि नेपालले जित हासिल गर्न सकेको हो । आसिफले ८६ र सन्दीपले ३५ रनका लागि साझेदारी गरेका थिए ।


    images
    images

    Logo