images
images

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे सूचना


  • 205
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे सूचना

    काठमाडौं । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । 

    महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए ।

    पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको बताइएको छ । 

    धर्मशालाले नक्सा पास विना नै संरचना निर्माण गरेको समेत पाएकाले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ । बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैध रुपमा निर्माण गरिएका संरचना, सम्झौता विपरितका व्यवसाय र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोही अनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।


    images
    images

    Logo