images
images

यी परिचयपत्र देखाएर हाल्न पाइन्छ राष्ट्रपति निर्वाचनमा भोट


  • 228
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    यी परिचयपत्र देखाएर हाल्न पाइन्छ राष्ट्रपति निर्वाचनमा भोट

    काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका मतदाताहरुले ५ प्रकारका परिचयपत्र देखाएर भोट हाल्न पाउने भएका छन् । शुक्रबार सूचना जारी गर्दै निर्वाचन आयोगले उल्लेखित मध्येका कुनै एक परिचयपत्र देखाएर भोट हाल्न पाउने जनाएको हो । 

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि क्रमशः फागुन २५ र चैत ३ गते मतदान हुँदैछ । उक्त मतदानमा संघीय संसद तथा प्रदेश सभाका सदस्यहरु मतदाताको रुपमा रहनेछन् । उनीहरुले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, सांसद परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रलाई परिचयपत्रको रुपमा लिएर जान पाउनेछन् । 


    images
    images

    Logo