काठमाडौं । सरकारले दुई अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धक तोकेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धकमा हंशराज पाण्डेलाई जिम्मेवारी दिएको छ ।
तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा प्रमुख थिए भने हंशराज भने यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा प्रमुख थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो ।