काठमाडौं । ग्लोबल आइएमई बैंकका यी २ वटा शाखा कार्यालय गाभिने भएका छन् । ग्लोबल आइएमई बैंक र साविकको बैंक अफ काठमाण्डू मर्जर भएपश्चात् एकै स्थानमा सञ्चालनमा रहेका शाखा कार्यालय गाभिने भएका हुन् ।
शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई फागुन २८ देखि एकिकृत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । बैंकले साविक संचालनमा रहेको बीओकेको सुन्दरबजार नगरपालिका वडा नं. ७ मा रहेको सुन्दरबजार शाखा कार्यालय गाभिएपश्चात मिलनचोक सुन्दरबजार नगरपालिका वडा नं. ६ लमजुङ्गमा रहनेछ ।
साथै ग्लोबल आइएमई बैंकको काठमाडौं महानगरपालिका वडा नं. २९ काठमाडौंमा रहेको अनामनगर शाखा कार्यालय गाभिएपश्चात् काठमाडौं महानगरपालिका वडा नं. २९ काठमााडौंमा रहनेछ ।
