काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । आइतवार बैंकले सो रकम बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको हो ।
बैंकले २८ दिन अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । त्यस्तै, ९० दिन अवधिको लागि ६ अर्ब ४ करोड ५० रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ भने १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । यसमध्ये ९० दिन अवधिको ५ अबएर १८२ दिन अवधिको ७ अर्ब नयाँ रहेको छ ।
उक्त ट्रेजरी बिल २८ दिनको चेत २१ गते परिपक्व हुनेछ । ९० दिन अवधिको आगामी जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आगामी भदौ १९ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल आइतवार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।
उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, तथा सर्वसाधारण नागरिकले सहभागि हुन सक्नेछन् ।



