images
images

यु १९ विश्वकपमा छनौट हुने टोलीका सदस्यलाई क्यानले जनही एक लाख दिने  


  • 274
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    यु १९ विश्वकपमा छनौट हुने टोलीका सदस्यलाई क्यानले जनही एक लाख दिने  

    काठमाडौं । यु १९ विश्वकपमा छनौट हुने टोलीका सदस्यलाई क्यानले  जनही एक लाख रूपैयाँ दिने भएको छ । नेपाल क्रिकेट संघ क्यानले यु १९ क्रिकेट टोलीका सदस्यलाई एक(एक लाख रुपैयाँ दिने घोषणा गरेको हो। 

    बिहिवारको खेलमा युएईविरुद्ध सनसनी जित निकाल्दै नेपाल विश्वकप २०२४ मा छनौट भएको हो । क्यानले सामाजिक सञ्जालमार्फत् यो घोषणा गरेको हो। 

    युएईविरुद्ध सात रनको रोमाञ्चक जित निकाल्दै नेपालअर्को वर्ष श्रीलंकामा हुने आईसीसी यु १९ विश्वकपमा छनोट भएको हो। यूएईको अज्मानस्थित इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालले घरेलु टिमसामु एक सय ९२ रन बनाएको थियो। 

    जवाफी ब्याटिङमा उत्रिएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ८४ रन मात्रै बनाउन सक्यो। नेपालको जितमन दीपेश कँडेल नायक बने । कँडेलले  ह्याट्रिक विकेट लिएपछि हार नजिक वुगिसकेको नेपालले यूएईमाथि ७ रनको रोमाञ्चक जित निकालेको थियो ।

    जितसंगै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।


    images
    images

    Logo