images
images

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण


  • 217
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

    काडमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ ।

    कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो ।
     
    कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो । प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ ।
     
    अनुगमन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता वृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीका बारेमा प्रतिवेदन पेस गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिएको सहसचिव पराजुलीले जानकारी दिए । 

    केन्द्रीय कृषि प्रयोगशालामार्फत हाल कालिमाटीका अतिरिक्त देशका सातवटा स्थानमा प्रयोगशालामार्फत तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको छ । केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशैभरि प्रयोगशाला विस्तार तथा स्थापना भएका प्रयोगशालालाई प्रभावकारी तथा गुणस्तरीयरूपमा सञ्चालन गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।


    images
    images

    Logo