images
images

एफएनसीसीआईको केन्द्रीय सदस्यमा शिव घिमिरेको उम्मेदवारी घोषणा


  • 219
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    एफएनसीसीआईको केन्द्रीय सदस्यमा शिव घिमिरेको उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय सदस्यमा एलपी ग्याँस उद्योग संघका शिव घिमिरेको उम्मेदवारी घोषणा गरिएको छ । वस्तुगत तर्फको केन्द्रीय सदस्यको पदका लागि संघको कार्यसमितिको वैठकले पूर्वअध्यक्ष एवं सल्लाहकार शिव घिमिरेको उम्मेदवारीको घोषणा गरेको हो । 

    घिमिरे लामो समयदेखि पेट्रोलियम, एलपी ग्याँस, ऊर्जा लगायतका विभिन्न व्यावसायहरुमा संलग्न रहेका छन् । 

    उनी एसजी ग्रुपका अध्यक्ष हुन् । उक्त ग्रुप अन्तर्गत कालंगा, बागथला, सानिगाड, बुंगल, गुराँस लगायतका हाइड्रोपावर सञ्चालनमा रहेका छन् । त्यस्तै, सुगम रोजिन टर्पेन्टाइन, एभरेष्ट अक्सिजन प्रालि, ब्राइट मेटल इन्डष्ट्रिज, सिरुबारी कन्स्ट्रक्सन, गरुड सिमेन्ट उद्योग लगायतका उत्पादक संस्थाहरुपनि एसजी ग्रुप अन्तर्गत नै सञ्चालनमा छन् । 


    images
    images

    Logo