images
images

मिटर ब्याजको पासोमा परेपछि सुडालका तिमिल्सिनाले रोजे आत्महत्या


  • 276
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    मिटर ब्याजको पासोमा परेपछि सुडालका तिमिल्सिनाले रोजे आत्महत्या

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् । 

    लामो समय देखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको पाइएको छ । एक लाखको ८ हजार मासिक देखि १५ हजार सम्म व्याज मिटरव्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् । 

    करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको  ऋणले उनलाई मृत्युको बाटोमा पुञ्याएको आफन्तले बताएका छन् ।

    तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अव ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।  


    images
    images

    Logo