images
images

एकदिवसीय सिरिजमा यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य 


  • 218
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    एकदिवसीय सिरिजमा यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य 

    काठमाडौँ । युएईमा जारीआईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको हो । 

    यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतक बनाए। आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्काको मद्धतमा ७२ रन बनाए ।  त्यस्तै मुस्तफाले ७६ बलमा २ चौकासहित ५२ रन बनाए । 

    यूएईका आर्यन लाकरले २८ रन जोडेभने चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछानेले सबै भन्दा बढी तीन विकेट लिए । त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए । 

    नेपाललाई विश्वकप छनोट हुन अब बाँकी ६ खेलमा जित निकाल्न आवश्यक छ । नेपालले एकदिवसीय मान्यता जोगाउन चार खेल जित्नै पर्ने दवाव छ ।


    images
    images

    Logo