images
images

महासंघ प्रतिनिधिमण्डलद्वारा निर्माण उद्योगको विद्यमान समस्याबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी 


  • 233
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    महासंघ प्रतिनिधिमण्डलद्वारा निर्माण उद्योगको विद्यमान समस्याबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायीहरूसँग आवश्यक छलफल गरिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको आजको भेटमा प्रधानमन्त्री प्रचण्डले खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायी लगायतका सरोकारवालासँग छलफल गरिने प्रतिबद्धता जनाएका हुन् । 

    प्रधानमन्त्री प्रचण्ड समक्ष महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगको पछिल्लो समस्या र समाधानको उपायका बारेमा अवगत गराएको छ । महासंघ अध्यक्ष सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्दै सरकारसँगको सहकार्यका लागि महासंघ सधैं तयार रहेको प्रतिबद्धता जनाए। बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएका कारण व्यवसायीहरूले ठूलो रकम भुक्तानी नपाउँदा निर्माण उद्योग असहज अवस्थामा रहेको अध्यक्ष सिंहले बताए । 

    विना वजेटका नयाँ योजना घोषणा गर्नुभन्दा चालु अवस्थामा रहेको आयोजना सम्पन्न गर्ने कामलाई राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो । आयोजनाहरू समयमै सम्पन्न नहुनुमा धेरै पक्ष जिम्मेवार हुँदा हुँदै एकोहोरो निर्माण व्यवसायीलाई मात्र दोषी देखाइएकोप्रति अध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराएका छन् । 

    334679860.jpg

    जवाफमा प्रधानमन्त्री प्रचण्डले महासंघका सुझावहरूलाई आफूलाई महत्वका साथ लिने बताए । सोही अवसरमा अध्यक्ष सिंहले यही फागुन २८ गते राजधानीमा हुने महासंघको २४ औं साधारण सभाको प्रमुख आतिथ्यता ग्रहण गरिदिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा पत्र हस्तान्तरण गरे । महासंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको रुपमा प्रचण्डको सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेको छ । 

    महासंघ प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.),उपाध्यक्ष प्रकाशबहादुर सेठी, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कार्य समिति सदस्यहरू दानबहादुर खड्का, प्रमोद लामिछाने, दीपक कार्की, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायतकाे उपस्थिती रहेकाे थियाे । 


    images
    images

    Logo