काठमाडौं । नेपाल सरकारको फागुन १५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ वटा निणर्यहरु गरेको छ । सोमबार बसेको बैठकले एसियाली विकास बैंक फिलिपिन्समा २०७९ फागुन २५ देखि २६ गतेसम्म आयोगना हुने मध्यकालीन समिक्षा कायक्रममा अर्थ मन्त्रालयका सचिव तोयम रायलाई सहभागी हुन स्वीकृती दिने निर्णय गरेको छ ।
सरकारले नेपाल गुणस्तर स्वास्थ्य सेवा काय्रक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपुर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्झौतालाई अन्तिम रुप दिन टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कर्णाली करिडोर ४ सय के.भी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय गरेको छ । यसअघि विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट शहीद घोषणा भइ नेपाल राजपत्रमा प्रकाशन बाँकी रहेका शहिदहरुको नामावली गृह मन्त्रालयको राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ ।





