काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ वटा मन्त्रालय सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रिक्त रहेको ८ वटा मन्त्रालयको कामकाज प्रधानमन्त्री प्रचण्डलाई नै गर्नेगरि जिम्मेवारी तोकेसँगै उनको काँधमा १६ वटा मन्त्रालय परेको हो ।
सोमबार नेकपा एमालेका मन्त्रीहरुले राजिनामा दिएका थिए । एमालेले अर्थ, कृषि तथा पुशपंक्षी, उद्योग बाणिज्य तथा आपुर्ति, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय पाएको थियो ।
८ मन्त्रीको राजीनामासँगै रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रचण्डलाई नै तोकेकी हुन् ।
यसअघि शनिबार राप्रपाका मन्त्रीहरुले राजिनामा दिएका थिए । सो उर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय राजिनामा दिएसँगै राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रचण्डलाई नै तोकेकी थिइन् ।
यसअघि राप्रपा समेत सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डसँग अहिले १६ वटा मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने भएका छन् ।



