images
images

सशस्त्रका ४ डीआईजीको पदस्थापन ११ को सरुवा, को कहाँ ?


  • 388
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    सशस्त्रका ४ डीआईजीको पदस्थापन ११ को सरुवा, को कहाँ ?

    काठमाडौँ । सशस्त्र प्रहरीमा बढुवा भएका ४ सशस्त्र प्रहरी नायब महानिरीक्षकको पदस्थापना गरिएको छ । अन्य ११ डिआइजीको सरूवा भएको छ ।

     डीआईजी सुरेश कुमार श्रेष्ठलाई एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा पदस्थापन गरिएको छ । त्यस्तै अञ्जनी कुमार पोखरेललाई नम्बर–१ बराह बाहिनी मुख्यालय, दिपेन्द्र शाहलाई नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय र पुरुषोत्तम थापालाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालयमा पदस्थापना गरिएको छ ।

    गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णय अनुसार ११ जना डीआईजीहरुको सरुवा गरिएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार डीआईजी किशोर प्रधानलाई मानवश्रोत विभाग, शम्भु सुवेदीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र काली दास धौबजीलाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा सरुवा गरिएको छ । कुमार न्यौपानेलाई नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा सरुवा गरिएको छ ।


    images
    images

    Logo