काठमाडौं । सरकारले सात महिनामा साढे ५ करोडको आर्थिक सहायता गरेको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक बर्षको यो अवधिमा मन्त्रिपरिषद्को निर्णयबमोजिम कुल १ सय ३८ जनालाई ५ करोड ४७ लाख ३३ हजार आर्थिक सहयोग गरिएको हो ।
मन्त्रालयका अनुसार सवैभन्दा धेरै सहयोग लिनेमा पूर्व राष्ट्रपति रामवरण यादव रहेका छन् । उनले २५ लाख रुपैयाँ आर्थिक सहयोग लिगेका हुन् । त्यस्तै, दोस्रोमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहेका छन् । उनले २० लाख रुपैयाँ सहयोग लिएका हुन् ।
कुल सहयोगमध्ये साउन महिनामा १९ जनालाई कुल ९२ लाख रुपैयाँ वितरण गरिएको छ । त्यस्तै, भाद्र महिनामा ३१ जनालाई कुल १ करोड ४१ लाख ७७ हजार रुपैयाँ, असोज महिनामा जम्मा एक जनालाई २५ लाख रुपैयाँ तथा कात्तिक महिनामा ७ जनालाई कmुल ४४ लाख रुपौयँ आर्थिक सहयोग गरिएको छ ।
त्यस्तै, मंसिर महिनामा ५८ जनालाई १ करोड ३० लाख ८४ हजार रुपैयाँ बराबरको रकम निकासा गर्दा पुस महिनामा २१ जनालाई कुल ८८ लाख ७२ करोड र माघ महिनामा २ जनालाई २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको मन्त्रालय जनाएको छ ।



