images
images

राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले दिए आफ्नो पदबाट राजिनामा 


  • 415
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले दिए आफ्नो पदबाट राजिनामा 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले आफ्नो पदबाट राजिनामा दिएका छन् । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

    सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा पत्र बुझाएका हुन् । 

    शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

     


    images
    images

    Logo