काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाउन आज बिहान साढे ८ बजे वैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यसम्पादन समिति बैठकले राष्ट्रपतिका उम्मेदवारको टुंगो लगाउने छ ।
कांग्रेसमा बरिस्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले राष्ट्रपतिमा दाबी गर्दै आएका छन् । केही नेताले सभापति शेरबहादुर देउवा नै उमेदवार बन्नुपर्ने धारणा राख्दै आएका छन् ।
सभापति देउवाले नेता रामचन्द्र पौडेललाई पहिल्यै वचन दिएका कारण आफू राष्ट्रपतिमा नउठ्ने बताइसकेका छन । पौडेल र सिटौला आकांक्षी भएपनि वैठकले पौडेललाई उठाउने निर्णय गर्ने कांग्रेसका एक पदाधिकारीले बताए ।
आठ दलको वैठकले राष्ट्रपतिमा कांग्रेस उमेदवारलाई सघाउने निर्णय गरेकाले कांग्रेसबाट उम्मेदवार हुने राष्ट्रपति हुने निश्चित जस्तै छ ।



