images
images

लुम्विनी जनरल इस्योरेन्सले सीईओलाई दियो ५७ लाख तलव भत्ता


  • 327
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    लुम्विनी जनरल इस्योरेन्सले सीईओलाई दियो ५७ लाख तलव भत्ता

    काठमाडौं । लुम्विनी जनरल इस्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई करिव ५७ लाख रुपैयाँ तलव भत्ता दिएको छ ।  इस्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई तलवभत्ता बापत ५६ लाख ९८ हजार ९४ रुपैयाँ भुक्तानी गरेको हो ।

    कम्पनीले गत आवमा प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक, भत्ता, दशैं खर्च, सञ्चित बिदा, बोनस समेत गरी उक्त रकम भुक्तानी गरेको जनाएको छ ।

    यस्तै कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतकदेखि प्रबन्धक तहसम्मका २६ जना पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता, दशैं खर्च, सवारी साधन भत्ता, फिल्ड भत्ता, सञ्चित बिदा, बोनस समेत गरी ४ करोड २९ लाख ९ हजार ७ सय १४ रुपैयाँ दिएको छ ।

    यस्तै इस्योरेन्सले गत आर्थिक बर्षमा सञ्चालकहरूलाई बैठक भत्ता बापत १७ लाख ३० हजार रुपैयाँ दिएको छ । 


    images
    images

    Logo