images
images

ओली-भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता : किन लुकाउन खोज्याे ओली सचिवालयले ?


  • 517
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    ओली-भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता : किन लुकाउन खोज्याे ओली सचिवालयले ?

    भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बिहिवार दिउँसो  बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशकाबारेमा करिव ३० मिनेट छलफल भएको थियाे ।

    अध्यक्ष ओलीको ७२ औ जन्मदिन मनाउने कार्यक्रमको भिडभाडकैबीच १ वजेर १० मिनेट जाँदा ओली निवास पुगेका राजदूत श्रीवास्तव १ वजेर ४० मिनेट जाँदा बाहिरिएका थिए । ओली र भारतीय राजदूतबीच नेपालको वर्तमान राजनीतिक परिवेश एवं राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल भएको बताइएको छ ।

    तर, ओलीको सचिवालयले भने भेट नभएको दावी गरेको छ । यसअघि प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेट गरी श्रीवास्तव दिउँसो  ओली निवास बालकोट पुगेका थिए । राजदूत श्रीवास्तब बाहिरिएकाे केही मिनेटपछि अध्यक्ष ओली सातदोबाटोमा ओली कपको उद्घाटन गर्न निस्किएका थिए । 

    तर यो भेटलाई भने ओलीको सचिवालयले लुकाउन खोजेको छ । ओलीको सचिवालयले भारतीय राजदूतसँग भएको भेटलाई  लुकाउने प्रयास गरेको छ । ओलीको प्रेस संयोजक रामशरण बजगाईले भारतीय राजदूत र ओलीबीच आज भेटवार्ता नभएको जिकिर गरेका छन् । बिभिन्न भेट र कार्यक्रमकाबारेमा समेत जानकारी लिन खोज्दा जानकारी नदिने बजगाईले किन यो भेटलाई लुकाउन खोज्दै भेटलाई लुकाउन खोज्नुले एमाले पनि पर्दा पछाडि भारत परस्त छ भन्ने पुष्टी गरेको छ।

    यसैबीच बिहिवारै बंगलादेशका राजदुत समेत ओलीलाई भेट्न बालकाेट आएको सुरक्षा श्रोतले जनाएको छ ।


    images
    images

    Logo