काठमाडौं । ९ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिइएको छ । मंगलवार शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै उक्त ९ कम्पनीलाई यस्तो चेतावनी दिएको हो ।
कार्यालयले उक्त ९ कम्पनीलाई ठेक्का किन नतोड्ने भनी ७ दिन भित्र लिखित स्पष्टीकरण बुझाउन पनि निर्देशन दिएको छ । यदि सो स्पष्टीकरण चित्तबुझ्दो नभएमा कार्यालयले सो कम्पनीहरुलाई कानूनी कारबाही अगाडी बढाउने समेत चेतावनी दिएको छ ।
विभिन्न प्रकारका निर्माण ठेक्का लिएर सम्झौताअनुसार काम नगरेपछि कार्यालयले उक्त कम्पनीलाई यस्तो चेतावनी दिएको हो ।
