भक्तपुर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा आज भएको भेट पछि संचारकर्मीलाई प्रतिकृया दिंदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको बिषयमा एक दुई दिनमा निष्कर्षमा पुग्ने कोशिशमा रहेको बताए ।
उनले भने “हामी सहमतिमै छौं ,सत्ता साझेदार सरकार चलिरहेको छ ,सँगै छौ, यसलाई अझ कसरी राम्रो बनाउन लागिरहेका छौं, एक दुई दिनमा निष्कर्ष निष्कन्छ ।”राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई शीर्ष नेताबीच निरन्तर बाक्लो छलफल भैरहेको छ । नेकपा एमालेले पुस १० मा भएको सहमति अनुसार नै राष्ट्रपति उम्मेदवार एमालेले पाउनुपर्ने दावी गर्दै आएको छ ।
नेपाली कांग्रेसले पनि नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र संसदको ठूलो दल भएकाले आफूहरूले नै राष्ट्रपति पाउनुपर्ने दबाव प्रधानमन्त्रीलाई दिँदै आएको छ ।



