काठमाडौं । काठमाडाैं उपत्यकामा भोली अथात् महाशिवरात्रिको दिन गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सुचना जारी गर्दै पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको हो ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने महाशाखाले प्रेस नोटमार्फत जानकारी दिएको छ ।
यस्तै त्यसैगरी मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने प्रहरी कार्यालय महाशाखाले जनाएको छ ।
सवारी साधन पार्किङको लागि ६ स्थानमा पार्किङको व्यवस्था गरेको छ । सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकानी क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ ।




