काठमाडौं । प्रहरीले फागुन १ गते बालाजु–माछापोखरी क्षेत्रमा प्रहरी भ्यान तोडफोड गर्ने र हुलदंगा गर्ने थप २३ जनालाई पक्राउ गरेको छ। यस्तै, गोङ्गबु नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा लुटपाट गर्ने थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
बालाजुको सवारी साधनहरु, प्रहरी विट तथा ट्राफिक आईल्याण्डमा अगजनी गरी पूर्ण क्षति पुर्याउन कार्यमा संलग्नमा पक्राउ परेकोमा प्रहरी भ्यानमा आगजनी र तोडफोड कसुरमा पक्राउ पर्नेमा २१ बर्षको गणेश कुमार श्रेष्ठ, २२ बर्षको विक्रम नेपाली, २१ बर्षको आकाश भुजेल, २८ बर्षको सुमन श्रेष्ठ रहेका छन् ।
त्यस्तै, २४ वर्षको सुमन लामा, २९ वर्षको विजय मगर, ३० वर्षको रन्जित कुमार तामाङ, २६ वर्षकि संगिता खड्की, २० वर्षको रबि तामाङ, १९ वर्षको प्रकाश क्षेत्री, २२ वर्षको ईलाराज गुरूङ, १८ वर्षको ईन्द्र तामाङ, ३३ वर्षको माधव शाही, २७ वर्षको राजन रावत र २८ वर्षको हरी शरण तामाङ रहेका छन्।
यस्तै, सोही अभियोगमा वर्ष १९ को सुजन मगर, वर्ष २२ को रोमन नगरकोटी, वर्ष १८ को सुनिल कालिकोटे, वर्ष १८ को सुदिप तामाङ, वर्ष १८ को विकाश गुरूङ, वर्ष २७ को सविधान परियार, वर्ष १९ को केशर राई र वर्ष १९ को कविन खड्गी रहेका छन्।
यस्तै,ल्होत्से मलका मोवाइल पसल लुटपाटमा संलग्न अभियोगमा वर्ष २३ को रोजन डंगोल, वर्ष ३० को सुजन तामाङ, वर्ष २३ को सुवास अधिकारी, वर्ष १९ की जोना चौधरी, वर्ष ३० को रितेश बस्नेत र वर्ष ३० को एमन राई रहेका छन्।
प्रहरीले घटनामा संलग्न थप व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र अन्य संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरीले जनाएको छ।



