काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बिहीवार छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
बुधवार १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।