images
images

घर भाडामा लगाउने र बस्नेहरुको लागि महानगरले गर्यो नयाँ व्यवस्था, ७ दिनभित्र भाडा बुझाउनुपर्ने


  • 413
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    घर भाडामा लगाउने र बस्नेहरुको लागि महानगरले गर्यो नयाँ व्यवस्था, ७ दिनभित्र भाडा बुझाउनुपर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घरभाडामा लगाउने र घरभाडामा बस्नेहरुका लागि नयाँ व्यवस्था लागू गरेको छ । महानगरले घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । 

    सो निर्देशिका अनुसार अब घरभाडामा दिंदा र घरखाली भएको सूचना महानगरपालिकामा ७ दिनभित्र दिनुपर्ने भएको छ । साथै घरबेटीहरुले घरभाडामा लगाउँदा ३ प्रति लिखित सम्झौता गर्नुपर्नेछ ।  र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्ने र १र१ प्रति घरबेटी र बहालमा बस्नेले राख्ने उक्त निर्देशिकामा उल्लेख छ । 

    साथै बहालमा बस्नेले अघिल्लो महिनाको मासिक बहाल महिना बितेको ७ दिनभित्रमा बुझाउनुपर्ने छ । बहाल बुझाउँदा चेक, नगदै वा बहालमा दिनेले तोकिदिएको बैंक खातामा रकम जम्मा गरेर बहाल बुझाउन सकिने महानगरले जनाएको छ । 

    त्यस्तै, महानगरपालिका क्षेत्रभित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा तथा घरजग्गा निश्चित रकम लिने गरी तोकिएको समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएमा घर बहालमा दिएको मानिने निर्देशिकामा उल्लेख छ ।

    यस्ताे छ पुर्णपाठ


    images
    images

    Logo