images
images

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते


  • 281
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते

    काठमाडौं । जोमसोमबाट पोखरा आँदै गरेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते भएका छन् । जोमसामबाट पोखरा जाँदै गरेको  बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेस्थित कालीगण्डकी नदीमा खसेको हो । 
     
    जीप नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।बुधबार भएको दुर्घटनामा बस सडकबाट करिब ३० मिटर तल नदीमा खसेको हो।  बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति भने नभएकाे हाे ।

    गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

     

     


    images
    images

    Logo