काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधवार छापावाला सुनको मूल्य १ लाख ३ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।
मंगलवार प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँल घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।